२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) ६६९ पाठक संख्या

काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ। उहाँलाई आजै राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकाे थियाे ।
विसं २००३ जेठ ३१ गते असिग्रााम रुवाखोलामा, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा जन्मिनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हाे ।

विसं. २०२२ सालबाट कांग्रेसमा आवद्ध हुनुभएको देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।

यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाउनु भएको थियो । २०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति हुनुभएको देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुनुभएको देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो ।

त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएको देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस