२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) १५७३ पाठक संख्या

काठमाडौँ, असार २९  सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले मङ्गलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ ।
सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिनुभयो ।
राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार मङ्गलबार ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस