२०८३ भाद्र १५, सोमबार
24 खबर अपडेट

नवलपरासी ख्रीष्टियन समाजद्वारा भोटेकोसी बाढीपीडितलाई चार लाख ६८ हजार सहयोग

२०८३ भाद्र १५, सोमबार प्रकाशित ( घण्टा अघि) ९३९ पाठक संख्या

 

परासी,१५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नवलपरासी ख्रीष्टियन समाजले चार लाख ६८ हजार ९ सय २० रुपैयाँ सहयोग गरेको छ ।

समाजले नवलपरासी जिल्लास्थित विभिन्न चर्च (मण्डली) तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

IMG 20260831 WA0033

समाजले राष्ट्रिय वाणिज्य बैंक, परासी शाखामार्फत  उक्त रकम दाखिला गरि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको हो

IMG 20260831 WA0034

गत भदौ १० गते रसुवा, नुवाकोट, त्रिशूली, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन गरि पठाइएको नवलपरासी ख्रीष्टियन समाजका अध्यक्ष पास्टर शुभास जबालीले दैनिक24 खबर डटकमलाई बताउनुभयो ।

समाजले प्राकृतिक विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको समाजका सचिव पास्टर शद्रक तामाङले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१५%३%

प्रतिक्रिया दिनुहोस