२०८३ भाद्र ११, बिहिबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाले रसुवा बाढीपीडितका लागि राहत कोषमा ३० लाख बढी सहयोग गर्ने

२०८३ भाद्र ११, बिहिबार प्रकाशित ( घण्टा अघि) ५३ पाठक संख्या

परासी,११ भदौ । रसुवामा आएको महाप्रलयकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले प्रधानमन्त्री विपद् उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार र राहतमा सहयोग पु¥याउनु हाम्रो दायित्व हो, नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेका छौँ,अरु सबैलाई पनि सहयोग गर्ने आग्रह समेत गरेका छौं ।”

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षक,जनप्रतिनिधि र कर्मचारीकोको तीन दिन बराबरको आधारभूत तलबबाट झन्डै २७ लाख बढी रुपैयाँ, जनप्रतिनिधि र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी झण्डै ३० लाख रुपैयाँभन्दा बढी रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।

नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस