२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मृत्यु संस्कार वैज्ञानिक छैन, परिवर्तन हुनुपर्छ – केसी

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) ७४८ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असार – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मृत्यु संस्कारमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । हालको मृत्यु संस्कार रुढीवादी परम्पराबाट ग्रसित रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का सल्लाहकार तिलक सुवेदीका पिता स्व.शालिकराम सुवेदीको १२ औँ दिनको पुण्य तिथिमा आज सुनवलमा आयोजित शोकसभालाई सम्बोधन गर्दै नेता केसीले अव्यवहारिक संस्कार परिवर्तनका लागि सांस्कृतिक आन्दोलन जरुरी रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका सल्लाहकार तिलक सुवेदीले मृत्यु संस्कार रुढीवादी परम्परा रहेको र वैज्ञानिक नभएको बताउँदै आफ्ना पिताको क्रिया नगरेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रा पुर्खाहरुले जे सिकाए, हामी त्यसैलाई अन्धविश्वासको रुपमा पालना गर्दै आएका छौँ, तर यो व्यवहारिक र वैज्ञानिक छैन्”, उहाँले भन्नुभयो, “मृत्यु संंस्कार रुढीवादी परम्परा भएकै कारण मैले २५ वर्ष अघि आमा र बुबाको क्रिया पनि नगरेको हुँ”
अब्यवहारिक संस्कारलाई तत्काल परिवर्तन गर्न नसकिएपछि यसबारे व्यापक चेतना अभिवृद्धिको आवश्यकता रहेको उहाँको भनाई छ । “जिउँदो मान्छेले जे खान्छ, जे लाउँछ, मरेपछि पनि त्यही अनुसार दान गर्नुपर्छ भन्ने कुरा अन्धविश्वास हो, मरेको मान्छेले ती कुरा कसरी पाउँछन् र ?” उहाँले भन्नुभयो ।
नेता केसीले मानिस मरेपछि भन्दा पनि जिउँदो रहेका बेला नै जतिसक्दो सेवा गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा नेता केसीले वर्तमान समयमा मुलुकमा चुनाव भन्दा कोरोना खोपको आवश्यकता बढी महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका कदम नसच्चाए गणतन्त्र नै धरापमा पर्ने दाबी गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस