२०८३ अषाढ २२, सोमबार
24 खबर अपडेट

नवलपरासीमा २४ फरार अभियुक्त पक्राउ

२०८३ अषाढ २२, सोमबार प्रकाशित ( घण्टा अघि) १०७ पाठक संख्या

परासी, २२ असार । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका २४ जना अभियुक्तलाई पक्राउ गरेको छ।
नवलपरासी जिल्ला अदालतबाट चेक अनादर, काठ चोरी, डाँका चोरी, बहुविवाह, वन कसुर तथा सवारी ज्यान लगायतका मुद्दामा दोषी ठहर भई ११ महिना २३ दिन कैद र रु. ३१ हजार ३६६ रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास तीव्र बनाउँदै उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
पक्राउ परेकाहरूलाई अदालतको फैसला अनुसार कैद तथा जरिवाना कार्यान्वयनका लागि जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अधिकांश प्रतिवादीहरू सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका रहेका छन्। उनीहरूमाथि चेक अनादर, काठ चोरी, वन कसुर, डाँका चोरी, बहुविवाह तथा सवारी ज्यानसम्बन्धी मुद्दामा अदालतले यसअघि नै फैसला सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस