२०८३ अषाढ १४, आईतबार
24 खबर अपडेट

दुई मोटरसाइकल ठोक्किँदा गिरी गम्भीर घाइते

२०८३ अषाढ १४, आईतबार प्रकाशित ( घण्टा अघि) ३४० पाठक संख्या

परासी, १४ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ पर्सियास्थित महेशपुर–परासी सडकखण्डमा शनिबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् भने अन्य दुई जना घाइते भएका छन्।
शनिबार राति करिब ८ः२५ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको यूपी ५६ एजे ०५५३ नम्बरको मोटरसाइकल र दक्षिणबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५६ वाइ १८०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा यूपी ५६ वाइ १८०४ नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका–३ पर्सियाका ४३ वर्षीय धिरेन्द्र गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो । उनको टाउकोमा गम्भीर चोट लागेको र भैरहवा मेडिकल कलेज, रुपन्देहीको आईसीयूमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
गिरी जसपा नेपाल नवलपरासीका जिल्ला सदस्य हुन् । उक्त मोटरसाइकलमा पछाडि सवार उनका १६ वर्षीय छोरा सतिस गिरी को बायाँ गालामा सामान्य चोट लागेको छ। यस्तै अर्को मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका–५ सिसवाका २० वर्षीय ब्यास मुनी गौंड को बायाँ खुट्टामा सामान्य चोट लागेको भए पनि उपचार आवश्यक नपरेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%२%

प्रतिक्रिया दिनुहोस