२०८३ अषाढ १४, आईतबार
24 खबर अपडेट

महिला सशक्तीकरणका लागि परासीमा नेतृत्व र उद्घोषण कला तालिम

२०८३ अषाढ १४, आईतबार प्रकाशित ( घण्टा अघि) १७३ पाठक संख्या

परासी,१४ असार । पश्चिम नवलपरासीको परासीमा महिलाको नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक बोल्ने सीप विकास गर्ने उद्देश्यले नेतृत्व एवं उद्घोषक कला तालिम सञ्चालन गरिएको छ।
नमूना महिला समाजको आयोजना तथा रामग्राम नगरपालिका कार्यालयको सहयोगमा सञ्चालन भएको तालिममा संस्थामा आबद्ध ५० जना महिलाको सहभागिता रहेको छ।
संस्थाकि अध्यक्ष सरिता पौडेलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै रामग्राम नगर उपप्रमुख सम्झना चौधरीले महिलाको नेतृत्व विकास, प्रभावकारी सञ्चार क्षमता र सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ प्रस्तुत हुन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले सिकेका सीपलाई व्यवहारमा उतारेर समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न सहभागी महिलालाई आग्रह गर्नुभयो।

Nn2

तालिममा अधिवक्ता सरस्वती शर्माले नेतृत्व विकास, प्रभावकारी उद्घोषण कला, सार्वजनिक प्रस्तुति, सञ्चार सीप तथा व्यक्तित्व विकासका विविध विषयमा सहजीकरण गरिरहनुभएको छ।
संस्थाकि अध्यक्ष पौडेलले दुई दिन सञ्चालन हुने यस तालिमले महिलामा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक मञ्चमा प्रभावकारी रूपमा आफ्नो विचार प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बराकोटी,पवन माविका प्रधानाध्यापक अरविन्द पाठक लगायतले शुभकामना व्यक्त गर्नुभएको सचिव कविता ज्ञवालीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस