२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लागुऔषधसहित एक युवक पक्राउ

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) ६३९ पाठक संख्या

मोहन पौडेल
परासी, २५ असार । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नम्बर नभएको मोटरसाईकलमा आलुको बोरामा लुकाईछिपाई ओसारपसार गरिरहेको अवस्थामा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिका—३ पिपरामहुवाबाट आज लागुऔषधसहित एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सरावल—३ बडसारेका २२ वर्षीय शिवचन्द कोईरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।युवकको साथबाट नुफिन ३२० एम्पुल, फेगरागन ३२० एम्पुुल, डाईजापाम ३२० एम्पुल लागुुऔषध फेला परेको प्रनाउ लामाले बताउनुभयो ।
उहाँका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी गोबरहियाबाट खटिएको टोलीले शङ्का लागि मोटरसाईकल जाँच गर्दा लागु औषध फेला पारेको हो । यसैबीच भन्सार छलेर नेपाल भित्राईएका ९४ हजार ७०० रुपैँया मूल्य बराबरको मोबाईल तथा मोबाईलका पाटपुर्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले सरावल गाउँपालिका ७ बुलन्पुरबाट उक्त सामान बरामद गरेको प्रनाउ लामाले जानकारी दिनुभयो । मोटरसाईकलमा ल्याउँदै गरेको उक्त सामान प्रहरीलाई देखेपछि कारोबारमा संलग्न व्यक्ति सामान छोडेर भागेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस