२०८३ जेष्ठ ५, मंगलबार
24 खबर अपडेट

घोडपालीस्थित लक्ष्मीनारायण मन्दिर क्षेत्र संरक्षणका लागि पर्खाल निर्माण सुरु

२०८३ जेष्ठ ४, सोमबार प्रकाशित ( घण्टा अघि) १५९ पाठक संख्या

मोहन पौडेल
परासी,४ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ घोडपालीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा पर्खाल निर्माण कार्य सुरु गरिएको छ।
मन्दिर परिसरलाई व्यवस्थित, सुरक्षित तथा आकर्षक बनाउने लक्ष्यसहित पर्खाल निर्माण कार्य अघि बढाइएको हो। कुल रु ८ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको पर्खालका लागि रामग्राम नगरपालिकाले रु ७ लाख बजेट विनियोजन गरेको छ भने मन्दिर व्यवस्थापन समितिले रु १ लाख २५ हजार बराबरको लागत सहभागिता जनाएको छ ।
सोमबार विहान मन्दिरका संस्थापक सदस्य रामजी अग्रवालले निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

Am2

वि.स.२०३८ सालमा स्थापित लक्ष्मीनारायण मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। विशेषगरी विभिन्न धार्मिक पर्व, पूजा तथा सांस्कृतिक कार्यक्रमका अवसरमा यहाँ भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ। तर पर्याप्त भौतिक संरचना र सुरक्षा व्यवस्थाको अभावका कारण मन्दिर क्षेत्र व्यवस्थित गर्न कठिनाइ हुँदै आएको थियो।
पर्खाल निर्माणसँगै मन्दिर परिसरको संरक्षणमा सहज हुने, अनधिकृत प्रवेश नियन्त्रण गर्न मद्दत पुग्ने तथा वातावरण थप सफा र व्यवस्थित बन्ने अपेक्षा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष अमरचन्द्र अग्रवालले दैनिक 24खबर डटकमलाई जानकारी दिनुभयो । आगामी दिनमा मन्दिर क्षेत्रमा थप पूर्वाधार विकास, विश्रामस्थल निर्माण, सरसफाइ व्यवस्थापन तथा हरियाली प्रवद्र्धनका कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । “पर्खाल निर्माण सम्पन्न भएपछि मन्दिर क्षेत्र अझ सुरक्षित, व्यवस्थित र आकर्षक धार्मिक गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ।” अध्यक्ष अग्रवालले भन्नुभयो ।
मन्दिर १६ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको मन्दिरका पुजारी गिरीराज पाण्डेयले बताउनुभयो । पर्खाल निर्माणसँगै मन्दिरको सौन्दर्य वृद्धि हुनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

Am3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस