

मोहन पौडेल
परासी,२६ वैशाख । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित एस मोडमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार आज साँझ करिब ६:२५ बजे पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५२६० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि चिसापानी अस्पताल पठाएको प्रहरीले जनाएको छ।
बसमा सवार ३१ जना यात्रुमध्ये अन्य सबै सकुशल रहेको र बस चालक कञ्चनपुरका दीपक धामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांश सामान्य घाइते भएका छन्। घाइतेहरू कास्की, नवलपरासी, कैलाली, कञ्चनपुरलगायत जिल्लाका यात्रु रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरुः
१) जिल्ला कास्की पोखरा म.न.पा. १५ बस्ने वर्ष अं. ४५ को युवराज पौडेल नाक र निधारमा चोट अवस्था मध्यम ।
२) जिल्ला नवलपरासी बर्दघाट न.पा. १३ धनेवा वस्ने वर्ष अं. ७८ को शोभाखर चापागाँईको छातीमा भित्री चोट अवस्था मध्यम ।
३) जिल्ला कैलाली गौरीगंगा न.पा.९ वस्ने वर्ष अं. ६८ की पुनी कडायतको छातीमा भित्री चोट अवस्था मध्यम ।
४) ऐ.ऐ. वस्ने वर्ष अं. ६८ को बुद्धी सिंह कडायतको बाँया हात र गालामा चोट अवस्था सामान्य।
५) जिल्ला नवलपरासी (ब.सु.पूर्व) कावासोती न.पा. १ वस्ने वर्ष अं. २१ को तवारक मियाको हात र कानमा चोट अवस्था सामान्य ।
६) देश भारत लाविचपुर वस्ने वर्ष अं. ३५ को मोहम्मद दिलसाद कानमा चोट अवस्था सामान्य ।
७) जिल्ला बर्दियाँ बासगढी न.पा. ६ वस्ने वर्ष अं. ११ को अनुस अधिकारीको दाहिने आँखा मुनी चोट अवस्था सामान्य।
८) ऐ.ऐ. वस्ने वर्ष अं. ३२ की रितु अधिकारीको बाँया हात र निधारमा चोट अवस्था सामान्य ।
९) ऐ.ऐ. वस्ने वर्ष अं. ४५ को दिल बहादुर पुरीको दाहिने आँखा मुनी चोट अवस्था सामान्य ।
१०) ऐ.ऐ. वस्ने निजको श्रीमती वर्ष अं. ४१ की साबित्रा पुरीको कम्मरमा चोट अवस्था सामान्य ।
११) ऐ.ऐ. ५ बस्ने वर्ष अं. ५० की लक्ष्मी थापाको छातीमा चोट अवस्था सामान्य ।
१२) जिल्ला कन्चनपुर बेलौरी न.पा. ४ वस्ने वर्ष अं. २० की पुजा रानाको ढाडमा चोट अवस्था सामान्य ।
१३) ऐ.ऐ. वस्ने निजको बुवा वर्ष अं. ४७ को अमर सिंह रानाको दाहिने कानमा चोट अवस्था सामान्य।
१४) जिल्ला कैलाली गोदावारी न.पा. ६ वस्ने वर्ष अं. ३२ को नारायण बिष्टको अनुहारमा चोट, अवस्था सामान्य
१५) जिल्ला तनहु भिमाद न.पा. १ वस्ने वर्ष अं.२१ को इरफान अलीको दाहिने हात र बाँया कुममा चोट अवस्था सामान्य।
१६) विदेशी नागरिक इजराइलको वर्ष २१ की LIHI RUBEN को नाकमा चोट अवस्था सामान्य ।
