२०८३ कार्तिक ११, मंगलबार
24 खबर अपडेट

किसानले मल नपाएपछि कृषि सामग्री कम्पनी परासी शाखामा रास्वपा नवलपरासीको ध्यानाकर्षण

२०८२ चैत्र २४, मंगलबार प्रकाशित (६ महिना अघि) ७०७ पाठक संख्या

परासी, २४ चैत । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीले किसानले रासायनिक मल नपाएको विषयमा चासो व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सभापति रबी पाण्डेको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड, परासी शाखामा पुगेको टोलीले किसानहरूले लामो समयदेखि रासायनिक मल नपाएको विषय प्रमुख रूपमा उठाएको हो ।
सांसद नरेन्द्र गुप्ताको पहलमा यसअघि नै जिल्ला प्रशासन कार्यालयमा बैठक बसी मल वितरण गर्ने निर्णय भएपनि कृषि सामग्री कम्पनीले मल वितरण नगरेको गुनासो आएपछि रास्वपाको टोली उक्त कार्यालयमा पुगेको हो । रास्वपा सभापति पाण्डेले मल वितरण गर्ने निर्णय भइसके पनि किन कार्यान्वयन नभएको, किसानले मल कहिले पाउने र समस्या समाधानका लागि के पहल भइरहेको छ भन्ने विषयमा कार्यालय प्रमुख ताराप्रसाद खनालसँग स्पष्ट जवाफ माग्नुभएको थियो ।
उहाँले मल आपूर्ति, खरिद प्रक्रिया तथा वितरणमा कुनै समस्या वा अवरोध रहेको भए त्यसको समाधानको उपाय दिन र नेपाल सरकारसँग सहजीकरणका लागि पहल गर्ने समेत बताउनुभयो ।
कृषि सामग्री कम्पनी परासी शाखा प्रमुख खनालका अनुसार जिल्लाको गोदाममा मल मौज्दात भए पनि विभिन्न कारणले तत्काल वितरण रोकिएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन, मध्यपूर्वमा जारी अशान्ति र त्यसबाट उत्पन्न इन्धन संकटका कारण गत मंसिरमा गरिएको ठेक्का प्रक्रिया असफल हुँदा आपूर्तिमा समस्या आएको उहाँले बताउनुभयो ।
“अहिलेका लागि वितरण नगर्न निर्देशन आएको छ, अब असारमा मात्रै मल वितरण हुन्छ,” उहाँले भन्नुभयो । आगामी दिनमा यस्तो समस्या नदोहोरोयोस् भन्नका लागि झन्झटिलो आपूर्ति प्रक्रिया सरल बनाउनुपर्ने र सरकार–सरकार (जि टु जी मोडेलबाट खरिद गर्न सकिने सुझाव पनि उहाँले दिनुभयो ।
उक्त अवसरमा रास्वपाका जिल्ला सचिव अमरनाथ पाठक, रामग्राम नगर सभापति सर्वजित तिवारी, युवा नेता राकेश गुप्ता लगायतको पनि सहभागिता थियो ।

Kkk

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑