२०८३ कार्तिक ११, मंगलबार
24 खबर अपडेट

उम्मेदवार देवेन्द्र पौडेल भन्नुहुन्छ –‘नवलपरासीको मुहार फेर्ने गरी काम गर्छु’

२०८२ फागुन १०, आईतबार प्रकाशित (८ महिना अघि) ५४७ पाठक संख्या

परासी, १० फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले पश्चिम नवलपरासीको विकास आफनो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
नवलपरासी रामग्राम, पाल्हीनन्दन लगायतका क्षेत्रमा मतदाता भेटघाट गर्दै नेता पौडेलले आफ्नो जिवन नै राजनीतिमा बितेको बताउँदै नवलपरासीको विकास पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो । ‘मेरो कुनै पेशा छैन म पूर्णकालिन राजनीतिमा छु,’ उहाँले भन्नुभयो, ‘राजनीति भनेको जनताको सेवक हुनु हो त्यसकारण नवलपरासीको मुहार फर्ने मेरो संकल्प छ ।’
चितवन र बुटलव पूर्वाधार विकासमा फड्को मारेको बताउँदै महेश्पुर नाकालाई पूर्ण रुपमा सञ्चालन गरी रोजगारीको सृजना गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘चितवन र बुटवल पूर्वाधार विकासमा धेरै अगाडी बढेका छन्,’ उहाँले भन्नुभयो, ‘क्षेत्र नं. २ मा पर्ने ४ वटा पालिकालाई देशकै नमुना बनाउने गरी काम अगाडी बढाउँछु ।’
नवलपरासीमा नागरिकताको समस्या अझै रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्ने उहाँको भनाइ थियो । ‘पश्चिम नवलपरासीमा नागरिकताको समस्या रहेको मैले बुझेको छु,’ उहाँले भन्नुभयो, ‘संविधानले प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नहुने भनेको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले नागरिकताको विषय समाधान गरेको छ ।’
शिक्षामन्त्री हुँदा विद्यालयका पूर्वाधार तथा आइसीटीको क्षेत्रमा नवलपरासी प्राथमिकतामा राखेको बताउँदै बन्न बाँकी पूर्वाधार निर्माण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नवलपरासीमा स्वास्थ्य, खानेपानी, सिँचाइको समस्या रहेको बताउँदै संघीय सरकारसँगको समन्वयमा समाधान गर्ने उम्मेदवार पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑