२०८२ माघ २, बिहिबार
24 खबर अपडेट

नवलपरासी–१ बाट पूर्वमन्त्री त्रिपाठी सर्वसम्मत सिफारिस

२०८२ मंसिर २७, शुक्रबार प्रकाशित ( महिना अघि) ४०४ पाठक संख्या

परासी, २६ मंसिर । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठी पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता प्रगतिशील पार्टी क्षेत्र नं.१ ले नेता त्रिपाठीको नाम एकल सिफारिस गरेको हो । उक्त पार्टीको क्षेत्रीय समितिको मंगलबार सम्पन्न बैठकले क्षेत्र नं. १  बाट प्रत्यक्षतर्फको उम्मेदवारमा नेता त्रिपाठीको नाम सर्वसम्मत सिफारिस गरेको जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेयले जानकारी दिनुभयो ।
त्रिपाठी यसअघिका निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आउनुभएको थियो । २०७९ को निर्वाचनमा भने उहाँ नेपाली कांग्रेसका विनोद चौधरीसँग पराजित हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस