२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

पाल्हीनन्दनको बेलाशपुरमा दुई समूहबीच झडप, २१ जना घाईते,प्रहरीको गाडी र कबाड पसलमा आगजनी

२०८१ फागुन १३, मंगलबार प्रकाशित ( घण्टा अघि) ४२८ पाठक संख्या

परासी, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरमा दुई पक्षबीचको झडपले उग्ररुप लिँदा सर्वसाधारण र प्रहरी गरी २१ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गभ्भीर रहेको प्रहरीले जनाएको छ ।
दुई फरक समुदायका केटाकेटीको प्रेम विवाह सम्बन्धी विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताईएको छ । दुई पक्षबीचको झडपमा परी नेपाल प्रहरीका १२ जना, सशस्त्र प्रहरीका ४ जना र स्थानीयवासी ५ जना गरी २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।
घाईते मध्ये पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर छ। उनको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । यस्तै सोही ठाउँका ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सवरियाको भैरहवामै उपचार भईरहेको छ । अन्य घाईतेको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारपछि घर पठाईएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । गाडीले ठक्कर दिएको विषयलाई लिएर आज विहान करिब दश बजेको समयमा विवाद उत्कर्षमा पुगेको थियो । आक्रोसित केटा पक्षको समूहले सोही ठाउँमा रहेको मोहरमको कवाड गोदाम र प्रहरीको गाडी जलाएका छन् ।
स्थानीयले बलेको टायर फालेर प्रहरीको गाडी जलाउन थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । आगजनीबाट ईलाका प्रहरी कार्यालय महेशपुरको गाडी बा १ झ ७४४८ नम्बरको गाडी जलेर क्षती भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । आगजनीमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%३%१%

प्रतिक्रिया दिनुहोस