मोहन पौडेल
परासी, ९ फागुन । राष्ट्रिय स्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अति विपन्न बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा पाल्हीनन्दन–५ विष्णुपुरस्थित राधाकृष्ण माविमा अध्ययनरत छात्राहरुलाई आज एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तदातित्व अन्र्तगत सीमा क्षेत्रमा रहेका उक्त विद्यालयका ६० जना विपन्न वर्गका बालिकाहरुलाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको बैंकका परासी शाखा प्रमुख शिवनारायण यादवले जानकारी दिनुभयो । वित्तीय कारोबारसँगै सामाजिक कार्यमा पनि बैंकले आफ्नो शसक्त उपस्थिति जनाउँदै आएको उहाँको भनाई थियो । आर्थिक रुपमा कमजोर बालिकाहरुको शैक्षिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम गरेको शाखा प्रबन्धक यादवले बताउनुभयो ।
बैंकका क्षेत्रीय कलस्टर प्रमुख भागिरथी न्यौपानेको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को प्रमुख आतिथ्य र विद्यालयका शिक्षक, अभिभावक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
प्रमुख अतिथि गुप्ताले विपन्न बालबालिकाको शैक्षिक विकासमा बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्राप्त शैक्षिक सामग्रीको सही सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुने विद्यालय तथा अभिभावकलाई आह्वान गर्नुभयो ।
रुपन्देहीको बुटवल कालिकानगरमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा बैंकले देशका ८८ वटा शाखा र एउटा एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रवाह गरिरहेको बैंककी बडेरा शाखा प्रमुख ज्ञानु पाण्डेयले जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिलोकीनाथ गुप्ता, ,सामाजिक अभियान्ता रबी पाण्डेय,विद्यालयका शिक्षक राजाराम यादव, दयाराम बानिया गुप्ता लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको विद्यालयका प्रधानाध्यापक जयेन्द्र मौर्यले जानकारी दिनुभयो ।
उक्त अवसरमा उक्त बैंकका देवदह,सुनवल, बडेरा, भूमही, परासी लगायतका शाखा प्रमुखहरुको पनि सहभागिता थियो । बैंकले यही फागुन ११ गते विभिन्न कार्यक्रम गरी आफ्नो १७ औँ वार्षिकोत्सव मनाउँदै छ ।
Pal1