२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकाबाट काम थाल्दै

२०८१ फागुन २, शुक्रबार प्रकाशित ( हफ्ता अघि) १७४ पाठक संख्या

परासी, २ फागुन । भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकाबाट काम शुरु गर्ने भएको छ । आयोगका नवनियुक्त पदाधिकारीहरुको स्वागतमा आज सुनवल नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आयोगका अध्यक्ष लालबहादुर गुरुङले उक्त जानकारी दिनुभएको हो ।
यसअघिका आयोग र सुनवल नगरपालिकाले भूमि सम्बन्धि धेरै कामहरु सम्पन्न गरी पूर्जा वितरणको चरणमा रहेकोले आयोगले सुनवलबाटै काम शुरु गर्ने अध्यक्ष गुरुङले बताउनुभयो । कसैको प्रलोभनमा परेर वा पैसा लेनदेन गरेर नभई वास्तविक भूमिहीन जग्गाको मालिक बन्ने गरी आयोगले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले सुनवलका भूमिहीन सुकुम्बासीलाई अव पूर्जा वितरण गर्ने काम मात्र बाँकी रहेको बताउनुभयो । निस्सा वितरण गर्ने, नापजाँच लगायतका कार्यहरु सकेर अब राजस्व लिएर पूर्जा वितरण बनाउने काम मात्र रहेकोले आयोगलाई काम गर्न सहज रहेको उहाँको भनाई थियो । त्यसका लागि नगरपालिकाले जनशक्ति व्यवस्थापन लगायतका काममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सुनवल नगरपालिकाले आयोगका अध्यक्ष गुरुङसहित विज्ञ सदस्य राधा ढकाल, सदस्यहरु थानप्रसाद गैरे र सोमबहादुर रायमाझीलाई सम्मान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस