२०८१ माघ १८, शुक्रबार
24 खबर अपडेट

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीको अध्यक्षमा पौडेल

२०८१ माघ १८, शुक्रबार प्रकाशित ( घण्टा अघि) ७३ पाठक संख्या

परासी, १८ माघ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति पश्चिम नवलपरासीको अध्यक्षमा देवीलाल पौडेल निर्वाचित हुनुभएको छ । संगठनको परासीमा सम्पन्न बाह्रै जिल्ला अधिवेशनबाट पौडेलको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा गणेश पन्थी, महिला उपाध्यक्षमा गुन्जेश्वरी चौधरी, सचिवमा अमृत भुसाल, सहसचिवमा भीमबहादुर चौधरी, कोषाध्यक्षमा कमल महत निर्वाचित हुनुभएको छ भने सदस्यमा याम अर्याल, यवदेव न्यौपाने, मुना भण्डारी, सपना शर्मा, लल्लन कुर्मी, सुरज चौधरी, अर्जुन तेली, गोवर्धन चौधरी रहनुभएको छ ।
संगठनका निवर्तमान जिल्ला अध्यक्ष विष्णुप्रसाद ढकालको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मरासिनीले निजामती कर्मचारीले छिटोछरितो सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।
केही कर्मचारीका कारण सिङ्गो निजामती कर्मचारी संयन्त्र बदनाम भएको बताउँदै उहाँले नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले जनगुनासो नहुने गरी सेवाप्रवाह गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा संगठनका केन्द्रीय सचिवालय सदस्य दीपक शर्मा पौडेल, रूपन्देही इन्चार्ज नारायण भण्डारी, नेकपा एमाले नवलपरासीका सचिव धीरज शर्मा बस्याल, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुली, पेशागत महासङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजेन्द्र क्षेत्री, संगठनका निवर्तमान उपाध्यक्ष सुरेश पन्थी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस