२०८३ श्रावण ३१, आईतबार
24 खबर अपडेट

हेल्पिङ्ग हेन्ड्स परासीद्धारा पृथ्वीचन्द्र अस्पताललाई सिमेन्टका बेन्च हस्तान्तरण

२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित ( साल अघि) १६१६ पाठक संख्या

परासी, २८ जेठ । सामाजिक तथा मानवीय सेवामा क्रियाशील हेल्पिङ्ग हेन्ड्स परासीले पृथ्वीचन्द्र अस्पताललाई सिमेन्टको आरामदायी बेन्च सहयोग गरेको छ । आज एक समारोहकाबीच पिस क्लव ईन्टरनेशनलको समन्वयमा हेल्पिङ्ग हेन्ड्सले अस्पतालका लागि तीन वटा सिमेन्टका बेन्च हस्तान्तरण गरेको हो ।
अस्पतालमा आउने बिरामी, कुरुवा तथा अन्य सेवाग्राहीलाई बस्न र आराम गर्न सहज होस् भनी उक्त सहयोग गरिएको हेल्पिङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्माले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
पिस क्लब ईन्टरनेशनल नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, समाजसेवी बुद्धन अलि, राजेश गुप्ता लगायतले बोल्नुभएको शर्माले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस