२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

क्षेत्री समाज नवलपरासीद्धारा सार्वजनिक सुनुवाई एवं टीकासहित शुभकामना आदानप्रदान

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४९ पाठक संख्या

परासी, २ कात्तिक । क्षेत्री समाज नेपाल नवलपरासीले कोजाग्रत पूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान एवं सार्वजनिक सुनुवाई गरेको छ । बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा समाजमा आवद्ध क्षेत्री समुदायलाई टीका जमरा र आशीवार्दसहित शुभकामना आदानप्रदान गरिएको हो ।
सुनवल ५ वनकट्टीस्थित राम मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा क्षेत्री दिवस तथा घटस्थापना पूजाको शुभकामना आदानप्रदान कार्यक्रममा संकलन भएको आय तथा व्यय पनि सार्वजनिक गरिएको क्षेत्री समाजका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले जानकारी दिनुभयो ।
राम मन्दिर संरक्षणार्थ कोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कूल रु ३ लाख ५८ हजार ४७ रुपैयाँ आम्दानी र एक लाख ६९ हजार ७१० रुपैयाँ खर्च भई रु एक लाख ८८ हजार ३३७ रुपैयाँ बचत गर्न सफल भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । बचत रकम राममन्दिर संरक्षण कोषमा जम्मा गरिनेछ । कोजाग्रत पूर्णिमालाई केन्द्रीत गरि क्षेत्री समाजका जिल्लादेखि केन्द्र समितिमा आवद्ध सदस्यहरुबीच टीका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम पहिलो पटक गरिएको क्षेत्री समाजले जनाएको छ ।
क्षेत्री समाजका केन्द्रिय उपाध्यक्ष लालबहादुर अधिकारीको प्रमुख आतिथ्य एवं जिल्ला अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उत्तः कार्यक्रममा सहभागिहरुलाई टीका र जमरा लगाई दशैँको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा रकम संकलन गरि सहयोग गर्ने क्षेत्री समाज रामग्राम र बर्दघाट नगर समिति तथा सुनवलका वडा समितिहरु लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा समाजका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण क्षेत्री,प्रदेश सदस्य प्रतिभा कार्की,जिल्ला वरिष्ठ उपाध्यक्ष मञ्जु खत्री,जिल्ला कोषाध्यक्ष हरि भण्डारी,जिल्ला प्रवक्ता मोहन कार्की,सुनवल नगर अध्यक्ष राजु केसी,राममन्दिर संरक्षण समितिका अध्यक्ष बेद खड्का,सरावल गाउँ समिति अध्यक्ष निरु क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस