२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा पौने २ अर्ब राजस्व संकलन

२०८१ श्रावण २८, सोमबार प्रकाशित ( महिना अघि) २८७ पाठक संख्या

मोहन पौडेल
परासी, २८ साउन । पश्चिम नवलपरासीमा एक वर्षको अवधिमा एक अर्ब ७५ करोड बढी राजस्व संकलन भएको छ । जिल्लामा रहेका संघ तथा प्रदेश मातहतमा रहेका सरकारी कार्यालयहरुबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७५ करोड ८६ लाख ५५ हजार ५५२ राजस्व संकलन भएको हो ।
जिल्लास्थित संघ अन्तरगतका कार्यालयबाट रु एक अर्ब ३८ करोड ९१ लख ६ हजार ६७२ र प्रदेश अन्तरगतका कार्यालयबाट रु ३६ करोड ९५ लाख ४८ हजार ८८० गरि उक्त राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासीका प्रमुख कमल सापकोटाले जानकारी दिनुभयो । संघ मातहतको करदाता सेवा कार्यालय र प्रदेश मातहतको यातायात व्यवस्था सेवा कार्यालय जिल्लामा सबैभन्दा बढी राजस्व संकलन गर्ने निकाय हुन् ।
आर्थिक वर्ष २०८०।८१ मा सबैभन्दा बढी करदाता सेवा कार्यालय परासीले राजस्व संकलन गरेको छ । उक्त कार्यालयले गत साउनदेखि असार मसान्तसम्ममा रु एक अर्ब पाँच करोड ५३ लाख ५७ हजार २२२ संकलन गरेको प्रमुख कोष नियन्त्रक सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा करोड बढी राजस्व उठाउनेमा यातायात व्यवस्था सेवा कार्यालय परासीले बीस करोड ८९ हजार ७८२ रुपैयाँ, महेशपुर भन्सारले पन्ध्र करोड १२ लाख २८ हजार ५३० रुपैयाँ, प्रदेश लेखा ईकाईले १४ करोड १० लाख २३ हजार ९२५ रुपैयाँ,जिल्ला प्रशासन कार्यालयले ६ करोड ८७ लाख ५७२ रुपैयाँ, जिल्ला अदालत नवलपरासीले तीन करोड ४८ लाख ४२ हजार ९४१ रुपैयाँ,कोष तथा लेखा नियन्त्रक कार्यालयले तीन करोड ३९ लाख ५७ हजार २२२ रुपैयाँ,डिभिजन वन कार्यालयले एक करोड ८४ लाख २५ हजार ३३४ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक करोड ७९ लाख २७ हजार ८३३ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस