२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

वातावरण संरक्षण गर्न बर्दघाट–८ मा वृक्षारोपण

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) २४८ पाठक संख्या

परासी, ४ साउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.८ मा आज वृक्षारोपण गरिएको छ । वडा नं.८ कार्यालयको परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो ।

Ii2

बर्दघाट ईसाई समाजको भातृ संगठन बर्दघाट नगर ईसाई जवान संगतिको आयोजनामा वृक्षारोपण गरिएको हो । संस्थाका अध्यक्ष फिलिप चौधरीको अध्यक्षता तथा वडा नं.८ का वडा अध्यक्ष कविराज आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि आचार्यले पर्यावरण, वातावरण संरक्षण र हरियालीका लागि वृक्षारोपण अति महत्वपूर्ण कार्य रहेको बताउनुभयो । वातावरण संरक्षण र हराभरा राख्ने कार्यमा बर्दघाट नगर ईसाई जवान संगतिले विशेष योगदान गरेको भन्दै उहाँले प्रशंसा पनि गर्नुभयो ।
उक्त अवसरमा बर्दघाट नगर ईसाई समाजका अध्यक्ष पास्टर रामबहादुर थापा, ईसाई जवान संगतिका सहसचिव रेविका चौधरी, धीरज गुरुङ्ग लगायतले वृक्षारोपणको महत्वबारे प्रकाश पार्नुभएको थियो । समाजले धार्मिक क्रियाकलापसँगै सामाजिक क्रियाकलापलाई पनि अगाडि बढाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस