२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सर्पको टोकाइबाट २० वर्षीया युवतीको ज्यान गयो

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) १९१ पाठक संख्या

मोहन पौडेल
परासी, ४ साउन । पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एक युवतीको ज्यान गएको छ । मृत्युु हुनेमा बर्दघाट नगरपालिका -१४ कि २० वर्षीया सोनिया खनाल रहेको प्रहरीले जनाएको छ ।
सोनियालाई आज बिहान ३ बजे शौच गर्न गएको बेला बायाँ खुट्टामा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
सर्पको टोकाइबाट गम्भीर घाईते सोनियाको स्थानीय सरोज मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याईएको थियो । अस्पतालमा उपचारको क्रममा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । वर्षाको समयसँगै जिल्लामा सर्पदंशका घटना वृद्धि भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस