२०८३ कार्तिक ८, शनिबार
24 खबर अपडेट

अक्सिजन प्लान्ट निर्माण गर्न पृथ्वीचन्द्र अस्पताललाई डेढ करोड बजेट

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित (५ साल अघि) १४९० पाठक संख्या

नवलपरासी , ४ जेठ । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न संघीय सरकारले रु एक करोड पचास लाख बजेट पठाउने भएको छ ।
स्वास्थ्य मन्त्रालयबाट बाट गएको पत्र अनुसार अर्थमन्त्रालयले  उक्त सहमति दिइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरका ११ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एक अस्पतालमा पाइपलाइन विस्तारका लागि सामग्री खरिद गर्न उक्त बजेट निकाशाको सहमति दिइएको हो ।

स्वास्थ्य मन्त्रालयले उक्त रकम सम्बन्धित अस्पतालहरुलाई प्रधान गर्नेछ । मन्त्रीस्तरीय निर्णय अनुसार परासीको पृथ्वी चन्द्र अस्पताल सहित  जिल्ला अस्पताल स्याङ्जा, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अर्घाखाँची, तौलिहवा अस्पताल कपिलवस्तु, जिल्ला अस्पताल पाल्पा, जिल्ला अस्पताल बर्दिया, प्रादेशिक अस्पताल तुल्सीपुर, जिल्ला अस्पताल प्यूठान र जिल्ला अस्पताल तेह्रथुमलाई एक करोड ५० लाखका दरले अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट निकाशा गर्ने सहमति दिइएको हो ।
केही दिन अघि स्वास्थ्यमन्त्री त्रिपाठीले पृथ्वी चन्द्र अस्पतालकै लागि पिसिआर मेसिन पनि पठाउनुभएको थियोे । तर कोठाको अभाव देखाउँदै अस्पतालले सरावलमा पिसिआर मेसिन पठाउने तयारी गरेपछि मन्त्री त्रिपाठीले आज फोन मार्फत अस्पतालका अध्यक्ष जगदीश चौधरी र मेसु डाक्टर मोहम्मद नुरुल होदालाई जिल्ला अस्पतालमै पिसिआर मेसिन सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस


↑