२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

सरावल गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता फागुन एकदेखि

२०७९ माघ २३, सोमबार प्रकाशित (३ साल अघि) १६७२ पाठक संख्या

मोहन पौडेल
परासी, २३ माघ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आवश्यक तयारी थालिएको छ ।
यस वर्ष सरावल गाउँपालिकाको खोखरपुरास्थित आर्दश माविमा दोस्रो राष्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको सफल पार्न प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिसहित विभिन्न उपसमितिहरु गठन गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक खबरलाई जानकारी दिनुभयो ।
आज गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुसहित सम्पन्न बैठकले गाउँपालिका अध्यक्ष चौधरीको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको हो ।
बैठकले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन मनोज चौधरीको संयोजकत्वमा प्राविधिक उपसमिति, तुलसी अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति,देवनारायण चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्यनरत १८ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता जनाउनेछन् । सरावलमा १६ वटा विद्यालयमा ६– १२ कक्षा सञ्चालनमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑