२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्दै देवकोटा मावि

२०७९ माघ ३, मंगलबार प्रकाशित (३ साल अघि) ९२५ पाठक संख्या

मोहन पौडेल
परासी, ३ माघ । पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । सुनवल स्थित महाकवि देवकोटा नमुना माविमा हुने प्रतियोगिताको आवश्यक तयारी तीव्र स्तरमा भईरहेको छ।
यसपटक महाकवि देवकोटा नमुना माविले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो । यही माघ ४ देखि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुनवल नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउने विद्यालयका प्रधानाध्यापक खेमलाल शर्माले जानकारी दिनुभयो । सुनवलमा २५ वटा मावि रहेका छन् ।
उहाँका अनुसार राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन निर्देशिका बमोजिम सञ्चालन हुने उक्त प्रतियोगितामा १७ ईभेन्टमा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । ट्रयाक दौड ५ वटा,फिल्ड दौड ५ वटा,अन्तर विद्यालय स्तरीय भलिबल,कबड्डी,कराँते,तेक्वान्दो प्रतियोगिता तथा तीन हजार मिटरको खुला दौड लगायतका ईभेन्ट समावेश गरिएको छ ।
प्रतियोगितालाई थप रोचक र आकर्षण बढाउन खाना महोत्सव र सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडी,अफिसियल तथा दर्शकलाई खाजा खानाको लागि बाहिर भौतारिन नपर्ने र विद्यालयले सञ्चालन गरिरहेको होटल म्यानेजमेन्ट कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन पनि हुने भएकोले खाना महोत्सव पनि राखिएको अध्यक्ष अर्यालले बताउनुभयो ।
प्रतियोगिता अबधिभर स्थानीय समुदायको पनि उल्लेख्य सहभागिता गराउन विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा यो प्रतियोगिताले टेवा पुर्याउने सुनवल-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले बताउनुभयो ।
खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै उहाँले
खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका खेल्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑