

रमेश भुसाल
नवलपरासी । लक्षण भैइकन कोभिड १९ को पिसिआर रिर्पोट नेगेटिभ आएपनि होसियार हुन चिकिस्सकहरुले सुझाव दिएका छन् । कहिले काँहि पिसिआर रिर्पोट पनि गल्ती हुने भन्दै लक्षणहरु देखिदा सम्म रिर्पोटमा नेगेटिभ आए पनि सावधानी अपनाउनु पर्ने डा. धर्मराज भट्टराईको भनाई छ ।
दोस्रो भेरियन्टमा अक्सिजनको मात्रा घट्ने गरेको पाइएको भन्दै मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएमा सावधानी अपनाउनु पर्ने डा. भट्टराईले बताउनुभयो ।
कुनै पनि परिक्षण सतप्रतिशत नहुने भन्दै विभिन्न पक्षहरुमा निर्पोट निर्भर रहने भएकाले कोभिडको रिर्पोट नेगेटिभ आउदाँ पनि विरामीले स्वाद , गन्ध थाहा नपाउने, सिटामोल, साइनेक्स जस्ता औषधिको प्रयोगबाट पनि ज्वरो नघट्ने , घाँटीमा खस खस हुने, खोकि लाग्ने, अत्यन्तै थकान महशुस हुने, पखला लाग्ने, उल्टी हुने, भोक कम लाग्ने साथै अनिद्रा छटपटि हुने लगाएतका लक्षणहरु रहिरहे आवश्यक सावधानी अपाउनुपर्ने उहाँको सुझाव छ ।
यस्तो अवस्थामा विरामीले आफुलाई आइसोलेट गर्ने, लक्षणहरुको अपडेट गर्ने, विज्ञहरु सँग सल्लाहा लिने साथै खानपिनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यसको संक्रमण दर पनि निकै तीव्र रहेकाले हिडडुल गर्न नहुने उहाँको भनाई छ ।
खास गरि रिर्पोट नेगेटिभ आउदा पनि नाक तथा घाँटिबाट सेम्पल लिदा हुने इरोर, परिक्षण गर्ने गलत तरिका, सेम्पल लिई सके पछि ल्याब सम्म पु¥याउदाँ हुने त्रुटि लगाएत कहिले काँही शरिरमा भाइरसको कम सक्रियता जस्ता कारणहरुले पनि रिर्पोट नेगेटिभ आउन सक्ने उहाँले बताउनुभयो ।
