२०८२ चैत्र ३०, सोमबार
24 खबर अपडेट

मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन – महामन्त्री शर्मा

२०७९ बैशाख २२, बिहिबार प्रकाशित ( साल अघि) ८२३ पाठक संख्या

परासी, २२ वैशाख । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँले कुनै दलसँग डराएर गठबन्धनबीच तालमेल नभएको स्पष्ट पार्नुभयो ।
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनले आज नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।
“मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ”, उहाँले भन्नुभयो । नेकपा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाईएको बताउनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पुर्ण हुन नसकेको उहाँको भनाई थियो ।
आमसभामा नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेल, नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनाल, प्रदेश सदस्य भीमबहादुर थापा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, नेकपा मालेका पोलिटव्युरो सदस्य मनशोभा पाण्डे, नेपाली कांगे्रसका जिल्ला सभापति एवं सुनवल नगर प्रमुखका उमेद्वार अर्जुन कुमार पोखरेल, उपप्रमुख उम्मेदवार लेखनाथ खरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस