२०८३ श्रावण ३१, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा वाईज युथ क्लव अफ रामग्राम स्थापना

२०७९ बैशाख १९, सोमबार प्रकाशित ( साल अघि) १४२४ पाठक संख्या

परासी, १९ वैशाख । पश्चिम नवलपरासीको परासीमा वाईज युथ क्लव अफ रामग्राम स्थापना भएको छ । परासी क्षेत्रका १५ देखि ३० वर्ष उमेर समूहका युवाहरु संगठीत भई स्थपना गरेको अन्र्तराष्ट्रिय संस्था वाईज मेन ईन्टरनेशनलको युवा संस्था वाईज युथ क्लव अफ रामग्राम शाखाको आज चार्टर प्रिजेन्टेसन समारोह सम्पन्न भएको छ ।
समारोहमा क्लवको अध्यक्षमा सुमिना चौधरी, उपाध्यक्ष अफताब आलम, सचिवमा रामप्रसाद पौडेल, कोषाध्यक्षमा सिद्धान्त चौधरी सहित पन्ध्र सदस्यीय संस्थापक कार्य समिति घोषणा गरिएको थियो । वाई सर्भिस क्लव अफ लुम्बिनीको स्पोन्सरमा पश्चिम नवलपरासीमा पहिलो पटक यो क्लव स्थापना गरिएको हो ।
समारोहमा उत्त क्लवका एसिया प्रशान्त क्षेत्रका प्रमुख डेभिड लुवाले क्लब स्थापनाको अधिकार पत्र हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि लुवाले युवाहरुको नेतृत्व विकास गर्दै समाजमा स्थापित गर्नु क्लवको उद्देश्य रहेको बताउनुभयो ।
वाईज युथ क्लव अफ रामग्रामकी अध्यक्ष सुमिना चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लवका दक्षिण पूर्व एसिया क्षेत्रका क्षेत्रीय निर्देशक(आरडी) जोन वोङ,क्लवका हङ्कङ डिष्ट्रिक गर्भनर दीपक भण्डारी, स्थानीय क्लवका सदस्य सरोज सिद्धिकी लगायतले शुभकामना व्यक्त गर्नुभएको वाईज युथ क्लव अफ रामग्रामका सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस