२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

नवलपरासीमा नेपाल समाजवादी पार्टीको जिल्ला सम्मेलन आयोजक समिति गठन, संयोजकमा पाठक

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित (२ साल अघि) ५१६ पाठक संख्या

परासी, ३० जेठ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटी(नेसपा)ले पश्चिम नवलपरासीमा जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।
पार्टीको स्थापना दिवसको अवसरमा आज आयोजित प्रशिक्षण तथा जिल्ला समन्वय समितिको बैठकले नेपाल समाजवादी पार्टीको वर्तमान जिल्ला कमिटीलाई विघटन गरि आयोजक समिति बनाएको हो ।
बैठकले पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष चन्द्रभुषण पाठक आलोकलाई आयोजक समितिको संयोजक तोकेको छ । पाठकको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरिएको निवर्तमान अध्यक्ष रोहित सहानीले जानकारी दिनुभयो ।
सहानीको अध्यक्षता तथा केन्द्रीय परिषद् सदस्य चिनक कुर्मीको प्रमुख आतिथ्यमा बैठक तथा प्रशिक्षण सम्पन्न भएको थियो । नेता कुर्मीले समाजवाद तर्फको बाटोमा हिँड्नु नै अहिलेको मूख्य आवश्यकता रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑