२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामका अग्रहरी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित

२०८० पौष २, सोमबार प्रकाशित ( महिना अघि) २२१ पाठक संख्या

परासी, २ पुस । पश्चिम नवलपरासीको रामग्रामका युवा उद्यमी जेसीआई सिनेटर सन्दिप अग्रहरी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । मंसिर २९ देखि पुस २ गतेसम्म बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२४ का लागि अग्रहरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि अग्रहरीसहित नौ जना प्रतिस्पर्धामा रहनुभएको थियो । कुल एक हजार २१६ मत खसेकोमा अग्रहरीले ५२६ मत प्राप्त गर्नुभएको रामग्राम जेसीजका अध्यक्ष बेनीमाधव बस्यालले बताउनुभयो । रामग्राम जेसीजका पूर्व अध्यक्ष अग्रहरी यसअघि सन् २०२२ मा राष्ट्रिय उपाध्यक्ष हुनुहुन्थ्यो । जेसीजको महाधिवेशनबाट जेसीआई सिनेटर रविन पोखरेललाई राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको छ भने अग्रहरीसहित चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अग्रहरीले युवाहरुको नेतृत्व स्थापित गर्न र परिवर्तनका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले जेसीजको माध्यमबाट युवाहरुलाई व्यावसायिक तथा उद्यमशीलताको तालिम मार्फत उद्यमशील बनाउन र नेतृत्व तथा व्यक्तित्व विकासमा केन्द्रीत रहेर युवाहरुको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।
अग्रहरी युवा उद्यमीको रुपमा परिचित हुनुहुन्छ । उहाँ आरति ग्यास उद्योगका साथै विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा आवद्ध हुनुहुन्छ । जेसीजमा एक पद र एक वर्षको कार्यकाल रहने गर्दछ । विशेषगरि १८ देखि ४० वर्ष भित्रका युवाहरको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा जेसीज अग्रणी सस्थाको रुपमा रहेको छ ।
रामग्राम जेसीजबाट यसअघि जेसीआई सिनेटर श्रीधर बस्याल वर्ष २०१८ को राष्ट्रिय अध्यक्ष,यमकुमारी सुवेदी वर्ष २०१६ को राष्ट्रिय उपाध्यक्ष तथा संस्थापक अध्यक्ष श्यामकुमार बस्याल सन् २००४ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस