२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

जब रामग्रामको बरारी गाउँमा डेंगु महामारी फैलियो………

२०८० श्रावण २१, आईतबार प्रकाशित ( महिना अघि) ३५६ पाठक संख्या

मोहन पौडेल
परासी, १६ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१७ बरारी गाउँ,यो गाउँमा ५० घरधुरी र करिब ३०० जनसंख्या छ । नदी किनारमा भएको र सरसफाइको कमीले गर्दा यहाँ मच्छडको संख्या बढ्दो छ। स्वास्थ्य सुविधाबाट समेत वञ्चित रहेका यहाँका नागरिक डेंगु रोगको महामारी सामना गर्न बाध्य छन् । भारी वर्षाका कारण बरारी गाउँमा डेंगु महामारीको रुपमा फैलिएको छ ।
दिनदिन नै डेंगु ज्वरोका बिरामी बढ्दै गएका छन् । हालसम्म ४० जना भन्दा धेरै मानिसमा डेंगु ज्वरो आएको पाईएको छ । डेंगुको महामारी फैलिएको सूचनापछि नेपाल रेडक्रस सोसाईटी सीसीबीएचपीका स्वयमसेवक र रामग्राम नगरपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले बरारीमा डेंगुले भयाभह अवस्था आएको ठहरसहित नियन्त्रण गर्ने प्रयास गर्न थाले ।
डेंगुले गम्भीर रुप लिईरहेको प्रतिवेदन प्राप्त भएपछि नेपाल रेडक्रस सोसाईटीले रामग्राम नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरि नियन्त्रणको पहलका लागि गर्न सकिने उपायका बारेमा छलफल गर्यो । नगरपालिकामा आपतकालीन बैठक र विपद् व्यवस्थापन समितिको बैठक बस्यो । महामारी नियन्त्रणका लागि आवश्यक किट र मोवाईल क्लिनिक टोलीहरु खटाउने निर्णय गर्यो ।
डेंगु महामारी नियन्त्रणका लागि बरारी गाउँमा बृहत स्वास्थ्य शिविर आयोजना भयो । स्वयमसेवक तथा सुरक्षाकर्मीले बरारी गाउँका डेंगु प्रभावित बिरामीलाई घरघरबाट स्टेचरमा बोकेर शिविरमा ल्याउन थाले, स्वास्थ्यकर्मीहरुले जाँच गर्ने, औषधी वितरण गर्ने तथा परामर्श दिन थाले । गम्भीर खालका बिरामीलाई एम्बुलेन्स मार्फत अन्य अस्पतालमा रिफर गरियो । रेडक्रस, नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय तथा पृथ्वीचन्द्र अस्पतालका स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरीको त्यहाँ बाब्लो उपस्थिति थियो । उक्त टोली त्यहाँका डेंगु बिरामीलाई उद्दार गर्दै उपचार गर्न व्यस्त बन्यो । उपचारसँगै रेडक्रसका स्वयमसेवक, स्वास्थ्यकर्मीहरुले घरघरमा पुगि डेंगु रोग र यसबाट बच्ने उपायका बारेमा सचेतना पनि जगाउन थाले ।
साउन १६ गते देवगाव बरारीमा देखिएको यो दृश्यले गाउँमा साँच्चिकै डेंगुको महामारी फैलिएको अनुभूति भईरहेको थियो । गाउँका बाहेक अन्यत्रबाट त्यहाँ पुग्ने मानिसहरुले यो साँच्चिकै घटना हो भन्ने बुझ्थे। तर यथार्थमा यो काल्पनिक घटना थियो । डेंगुको महामारी भएमा कसरी नियन्त्रणमा लिन सकिन्छ र यो कार्य गर्न सरोकारवाला निकाय सक्षम छन की छैनन् भनेर परीक्षण गर्न डेगु महामारी फैलिएको कल्पना गरि प्रतिकार्य अभ्यास मात्र गरिएको थियो । यो पालिकाले बनाएको प्रतिकार्य पूर्वतयारीको कृत्रिम अभ्यास मात्र रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका स्वास्थ्य अधिकृत अनुप खड्काले बताउनुभयो । यो अभ्यासले पालिका र सरोकारवाला निकाय सबै महामारी नियन्त्रणका लागि सक्षम रहेको पुष्टि गरेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस