२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका ७४ वडामा आज एकैसाथ माओवादी केन्द्रको वडा अधिवेशन

२०७८ मंसिर ४, शनिबार प्रकाशित ( साल अघि) १५२५ पाठक संख्या

परासी, ४ मंसिर । नेकपा माओवादी केन्द्रले आज शनिबार पश्चिम नवलपरासीका सबै वडामा वडा अधिवेशन गर्दैछ । जिल्लाका ७४ वटै वडामा हुने अधिवेशनको तयारी पूरा भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले जानकारी दिनुभयो ।
वडा अधिवेशनको उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । पश्चिम नवलपरासीका सात पालिकाका ७४ वडामा आज एकैपटक पार्टीको नेतृत्व चयन गरिने अध्यक्ष आजादले बताउनुभयो ।
पार्टी केन्द्रको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको बताउँदै अध्यक्ष आजादले सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने बताउनुभयो।
सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा माओवादी केन्द्रको सदस्य करिब ६ हजार पुगेको उक्त पार्टीले जनाएको छ । माओवादीले सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको तयारी गरेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडामा ३५ प्रतिशत महिलासहित दलित र मुस्लिम समावेशीप्रतिनिधित्व गरी २९ सदस्यीय वडा कमिटी गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस