२०८३ श्रावण २६, मंगलबार
24 खबर अपडेट

हेल्पिङ्ग हेन्ड्सद्धारा सुस्ताका दुई विद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७८ मंसिर १, बुधबार प्रकाशित ( साल अघि) ९७५ पाठक संख्या

परासी, १ मंसिर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । हेल्पिङ्ग हेन्ड्स परासीको आयोजनामा प्रकाश सञ्जय अक्षय कोषमार्फत सुस्ताका शिवगंगा प्राथमिक विद्यालय र नारायण गण्डकी आधारभुत विद्यालयका गरी १२५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
हेल्पिङ्ग हेन्ड्स परासीका संयोजक सञ्जय कुमार शर्माको प्रमुख आतिथ्यमा विद्यालयमा एक कार्यक्रम गरी उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वृजभान कोईरी, राजकुमार जैसी, शिक्षक सन्तोष उपाध्याय, शुस्मा ज्ञवाली लगायतले बोल्दै हेल्पिङ्ग हेन्ड्सको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी हातहरु अघि बढीरहुन भनी शुभकामना व्यक्त गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस