२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

सुकुम्बासी माथि दमन भएको भन्दै सुस्तामा प्रदर्शन

२०८३ बैशाख ३०, बुधबार प्रकाशित ( घण्टा अघि) ९२ पाठक संख्या

परासी, ३० बैशाख । भुमिहीन , सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि देशैभर दमन भएको भन्दै सुस्ता-१ रुपौलियामा बिरोध प्रदर्शन भएको छ ।

संयुक्त संघर्ष समिति नवलपरासीको आयोजनामा भएको प्रदर्शनमा विना विकल्प भुमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीका घरटहरा हटाउने काम बन्द गर्न प्रदर्शनकारीले माग गरेका थिए ।

सुस्ता-१ बनदेबी, करमाना, बनधरी, फेचुहा, छघरालगायतका बस्तीका बासिन्दाले उक्त बिरोध प्रर्दशन गरेका हुन् । डोजर आतंक बन्द गर , राज्य आतंक बन्द गर जस्ता सरकार बिरोधी नाराबाजी सहित भएको र्याली रुपौलिया चोकमा पुगेर कोणसभा परिणत भएको थियो ।

कोण सभाका प्रमुख बक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीका संयोजक रवि पाण्डेय , भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका जिल्ला संयोजक चुडामणि भण्डारी, सोमबहादुर बिश्वकर्मा लगायतले बोल्दै राज्यले गरिब बिपन्नलाई दुश्मनको ब्यवहार गरेको भन्दै बिरोध जनाए ।

संयुक्त संघर्ष समितिमा क्राकपा नेपाल, नेकपा(बहुमत),नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी आबद्व छन् । प्रदर्शन अघि उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको एक स्थानीयले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस