२०८३ बैशाख २३, बुधबार
24 खबर अपडेट

भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीद्वारा संयुक्त आन्दोलन घोषणा

२०८३ बैशाख २३, बुधबार प्रकाशित ( घण्टा अघि) ३५ पाठक संख्या

परासी, २३ बैशाख । नवलपरासीमा भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । बुधबार बर्दघाट प्रेस क्लबमा एक साक्षात्कार कार्यक्रम गरेर उनीहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन ।

क्रान्तिकारी सुकुम्बासी संघ नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीको नेतृत्वमा ६ वटा संघसंगठन सम्मीलित “भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार संयुक्त संघर्ष समिति नवलपरासी” सरकारले राज्य आतंक सिर्जना गरेर सुकुम्बासीलाई बिना विकल्प घरबासबिहीन बनाउने कार्य गरिरहेकोले त्यसका बिरुद्ध आन्दोलन घोषणा गरेको जनाएको छ । कार्यक्रममा समितिका संयोजक चुडामणि भण्डारीले जनताको आवासको अधिकार सुनिश्चित गर्नुको सट्टा उल्टै दमनमा उत्रनु दु:खद रहेको बताए ।

उनका अनुसार बैशाख २८ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र, ३० गते सातै पालिकामा मागपत्र बुझाउने, जेठ ५ गते जिल्लामा सक्रिय राजनितिक दल सङ्ग अन्तरक्रिया,जेठ ११ गते जिल्लाब्यापी बृहत आन्दोलन गरिनेछ । दोसो चरणको आन्दोलन जेठ १२ गते पछि सार्बजनिक गर्ने समेत समितिले जनाएको छ ।

उक्त संघर्ष समितिमा क्रान्तिकारी सुकुम्बासी संघ नेपाल, भुमि अधिकार तथा श्रमिक संगठन, अखिल नेपाल सुकुम्बासी संगठन , अखिल नेपाल सुकुमवासी संघ ,अखिल नेपाल सुकुम्बासी संघ ( समाजवादी ), नेपाल किसान संघ सम्मीलित सुकुम्बासीलगायत सहभागी छन् ।

समितिले बालेन सरकारले भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको मानव अधिकारको समेत ठाडो उल्लङ्घन गरेको बताउदै आन्दोलनका कार्यक्रममा सहभागी हुन नागरिक समाजलगायत सङ्ग आग्रह गरेको छ ।

जिल्लाका बिभिन्न पालिकामा रहेका सुकुम्बासी बस्तीमा अहिले डोजर आतंकको हल्लाले सुकुम्बासी त्रसित छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस