२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

सुनवल आमा समूहद्धारा कोरोना विरामीलाई आर्थिक सहयोग

२०७८ अषाढ १३, आईतबार प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

गोपी ज्ञवाली
सुनवल, १३ असार । पश्चिम नवलपरासीको सुनवल स्थित सुनवल आमा समूहका महिलाहरुले स्थानीय कोरोना विरामीलाई आर्थिक सहयोग गरेका छन ।
सुनवल नगरपालिका वार्ड नम्बर १ निवासी खरी पुनका छोरा सुमन पुन कोरोना संक्रमणबाट विरामी भई करिब पछिल्लो एक महिना देखी उपचाररत भएको अवश्थामा आर्थिक समस्या परे पछि पुनको सहयोगार्थ सुनवल ४ पुरानो हाट बजारका आमा समुहका महिलाहरुले स्थानिय रुपमा आर्थिक संकलन गरि पिडित परिवारलाई हस्तान्तरण गरेको सुनवल आमा समुहकी सचिव प्रेमकली पौडेलले बताउनु भयो ।
विरामीका बुवा स्वर्गीय खरि पुन देश कै ठुला ठेकेदारहरु मध्यका ठेकेदार भए पनि खरी पुनको मृत्यु पछि पुन परिवार आर्थिक संकटको सामना गर्दै आएको अवश्थामा पछिल्लो करिब एक महिना देखी खरी पुनका जेठा छोरा सुमन पुन कोरोना संक्रमणबाट पिडित हुदै आएको अवस्थामा पुन परिवारमा उपचार सहित दैनिक छाक टार्न समेत समस्या भएको भन्ने परिवारबाट कुरा आए पछि स्थानिय आमा समुहको सक्रियतामा विरामी सुमनका लागि स्थानिय रुपमा नै आर्थिक संकलन गरि सुनवल आमा समुहका महिलाहरुले पिडित पविारलाई ३५ हजार रुपिया सनिवार हस्तान्तरण गरेको आमा समुहकी सचिव पौडेलले बताउनु भएको छ ।
कोरोनाबाट ग्रस्त भएका सुमन पुनको पहिला बुटवल धागो कारखाना स्थित अस्थाई कोरोना अस्पतालमा उपचार भई अहिले कोरोना नेगेटिभ भएको भए पनि निमुनियाले ग्रस्त पारेका काराण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको सुनवल ४ पुरानो हाटबजारकी स्थानियवासी मनरुपा ज्ञवालीले बताउनु भयो । परिवार सदस्यहरुले आर्थिक अभावका कारण दैनिक छाक टार्न समेत समस्या भएको गुनासो छिमेकमा परिवार सदस्यले भने पछि स्थानिय आमा समुह सक्रिय भई आर्थिक संकलन गरि हस्तान्तरण गरेको ज्ञवालीले बताउनु भयो । सुमन पुनकी आमाको एक महिना पहिला मात्र मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस