२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

बरेफुट तेक्वान्दो एकेडेमीलाई खेल सामग्री हस्तान्तरण

२०८२ बैशाख ७, आईतबार प्रकाशित ( घण्टा अघि) २०६ पाठक संख्या

परासी, ७ वैशाख । पश्चिम नवलपरासीको परासीस्थित बरेफुट तेक्वान्दो एकेडेमीलाई तेक्वान्दो सामग्री हस्तान्तरण गरिएको छ । सुनवलको रिभोलुसन एजुकेशनले परासीस्थित एकेडेमीको कार्यालयमा आयोजित कार्यक्रममा तेक्वान्दो प्रशिक्षण सामग्री सहयोग गरेको हो ।
तेक्वान्दो प्रशिक्षणका लागि आवश्यक पर्ने तेक्वान्दो किकिङ्ग १६ थानसहित हेन्ड एण्ड लेग गार्ड,फिस्ट एण्ड फुट ग्लोब्स्,लार्ज फोकस प्याड लगायतका सामग्री सहयोग गरेको रिभोलुसन एजुकेशनका प्रमुख सन्दिप कुमार गुप्ताले जानकारी दिनुभयो । गुप्ताले उक्त सामग्री बरेफुट तेक्वान्दो एकेडेमीका प्रमुख मनिष गुप्तालाई हस्तान्नरण गर्नुभएको थियो ।
हस्तान्तरण गरिएका सामग्रीको सहयोगबाट तेक्वान्दो खेलाडीहरुको प्रशिक्षणमा ठूलो टेवा पुग्ने आफूले विश्वास लिएको प्रमुख अतिथि गुप्ताले बताउनुभयो । यसबाट युवाहरुमा खेलप्रतिको रुची थप बढ्नुका साथै क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि खेल क्षेत्रलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकेडेमीका अध्यक्ष मनिष गुप्ताले प्राप्त सामग्रीको मद्धतबाट तेक्वान्दो प्रशिक्षण कार्य अझै प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । “यो उपकरण सहयोग मात्र नभइ खेल र खेलाडिको भविष्य निर्माण गर्ने मार्गलाई पनि साथ दिनु हो, तेक्वान्दो एक खेल मात्र नभइ अनुशासन, आत्मरक्षा,आत्मविश्वास र शारीरिक सुदृढताको प्रतीक पनि हो, सहयोगदाताप्रति आभार व्यक्त गर्दछु”,गुप्ताले भन्नुभयो ।
कार्यक्रममा रामग्राम–५ का वडा सदस्य सरोज क्षेत्री,परिवर्तन सुधार केन्द्र फाउण्डेसनका सञ्चालक रञ्जित चौधरी,खेलप्रेमी कमल भट्ट, सञ्जय शर्मा लगायतको पनि सहभागिता रहेको कार्यक्रम संयोजक अजय हरिजनले बताउनुभयो । बरेफुट तेक्वान्दो एकेडेमीका ५ वटा शाखा सञ्चालनमा छन् भने करिब ८५ खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%

प्रतिक्रिया दिनुहोस