२०८२ बैशाख ३, बुधबार
24 खबर अपडेट

कर्मचारी संगठन नवलपरासीको भित्तेपात्रो विमोचन, सेवा प्रवाहमार्फत जनताको मन जितौँ : आचार्य

२०८१ चैत्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) २७७ पाठक संख्या

परासी, २९ चैत । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका अध्यक्ष नेत्रप्रसाद आचार्यले गुणस्तरीय सेवा प्रवाह मार्फत जनताको मन जित्न आग्रह गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कमिटी पश्चिम नवलपरासीले आज परासीमा आयोजना गरेको नववर्ष २०८२ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रदेश अध्यक्ष आचार्यले प्रशासनिक कार्यमा हुने गरेको झण्झटीलो प्रक्रियाका कारण सेवाग्राही निजामती कर्मचारीसँग टाढिने गरेको उल्लेख गर्नुभयो ।
“शिक्षक तथा स्वास्थ्यकर्मीसँग जनता जति नजिक हुन्छन्, निजामती कर्मचारीसँग हुँदा रहनेछन्,किनभने प्रशासनिक कार्यमा लेन्दी प्रक्रिया छ, सेवासँग जनता सन्तुष्ट हुने हो”, उहाँले भन्नुभयो, “हामी आफैले हामीले दिने सेवाको मूल्यांकलन गरौँ, हामी सुध्रिनु आवश्यक छ ।”
अध्यक्ष आचार्यले कर्मचारीका वृत्ति विकास, सरुवा, बढुवा तथा अन्य सेवा सुविधाका विषयमा संगठनले सरकारसँग निरन्तर पहल गर्दै आएको बताउनुभयो । संगठनका जिल्ला अध्यक्ष देवीलाल पौडेलले कर्मचारीको हकहितमा आवाज उठाउनुका साथै सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि अग्रसर हुँदै आएको जानकारी दिनुभयो । उहाँले कर्मचारीले भोग्नुपरेका समस्या समाधानका लागि संगठन निरन्तर क्रियाशील रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा पेशागत महासंघ नवलपरासीका अध्यक्ष रामलखन हरिजन,प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोगका सदस्य मोहन पौडेल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष भोजेन्द्र पौडेल,नेपाल शिक्षक महासंघका जिल्ला सचिव नवराज भण्डारी,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन पौडेल,पारामेडिक एसोसिएसन अफ नेपालका जिल्ला अध्यक्ष बलराम सापकोटा,संगठनकी जिल्ला उपाध्यक्ष गुञ्जेश्वरी चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको नेपाल निजामती कर्मचारी संगठनकी जिल्ला सदस्य सपना शर्माले जानकारी दिनुभयो ।

Ni

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस