२०८२ फागुन ११, सोमबार
24 खबर अपडेट

यातायात सञ्चालनमा रोक लगाएर दाउन्ने सडकखण्ड बिस्तार गरिने

२०८१ चैत्र २३, शनिबार प्रकाशित (0 महिना अघि) ५९६ पाठक संख्या

मोहन पौडेल
परासी, २३ चैत । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवल–नारायणगढ सडक खण्ड अन्र्तगत दाउन्ने क्षेत्रमा यातायात रोकेर सडक विस्तार गरिने भएको छ ।
यही चैत २७ गतेदेखि ३१ गतेसम्म दिउँसो ४ घण्टा र २०८२ वैशाख १ देखि १५ गतेसम्म रातको समयमा ६ घण्टा यातायात रोकेर सडक विस्तारको कार्यलाई अघि बढाउन लागिएको हो । पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका सरोकारवालाहरुको आज दाउन्नेमा बसेको संयुक्त बैठकले यातायात रोकेर भएपनि दाउन्ने क्षेत्रको सडक विस्तारलाई तीव्रता दिने निर्णय गरेको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत २७ देखि ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने छ भने आगामी वैशाख १ देखि पन्ध्र गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइने छ ।
“यो खण्डमा तत्काल मर्मत कार्यलाई तीव्रता दिन नसके सवारी आवातजावतमा कठिनाइ मात्र नभई दुर्घटना निम्तने खतरा बढेको छ,सम्भावित विपत्तीको खतरालाई न्यूनीकरण गर्न सडक मर्मत र विस्तारको काम यथाशीघ्र गर्नुपर्ने देखियो,त्यसैले यातायातमा रोक लगाएर सडक विस्तार कार्य गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेका हौँ”, जिसस प्रमुख यादवले भन्नुभयो ।

Ba2

हाल भइरहेको सडक विस्तारका कारण दाउन्नेमा घण्टौँ जाम हुँदा आवातजावत कष्टकर बन्दै आएको छ । बर्दघाटदेखि दुम्किबाससम्मको १३ किलोमिटर दुरी पार गर्न झण्डै ५÷६ घण्टा लाग्ने गरेको यात्रुहरुको गुनासो छ । यस्तै बैठकले उक्त सडक खण्डमा सवारी साधन व्रिगेर सडक अवरुद्ध हुन पुगेमा तत्काल उक्त सवारी साधन हटाइ सडक सुचारु गर्न उपकरण र जनशक्तिसहितको टीम २४ घण्टा तैनाव अवस्थामा राख्ने व्यवस्था मिलाउन आयोजनालाई निर्देशन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस