२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

लागूऔषध खैरो हिरोईनसहित तीन भारतीय युवक नवलपरासीबाट पक्राउ

२०८१ फागुन ८, बिहिबार प्रकाशित ( दिन अघि) ४५३ पाठक संख्या

मोहन पौडेल
परासी, ८ फागुन । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित पश्चिम नवलपरासी प्रहरीले तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन गाउँपालिका–६ जोगियावारीस्थित समयमाई मन्दिर परिसरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला ठूटिबारी थाना लक्ष्मिपुरका ३१ वर्षीय मोहम्मद शम्शेर र २९ वर्षीय ईमरान अलि तथा बर्गदवा थाना अमहवाका २६ वर्षीय अब्दुल अजिज रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट चार ग्राम ६२ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय परासी र तोनवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेको यूपी ५६ एएफ ४७७३ नम्बरको भारतीय मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । लागूऔषध ओसारपसार विरुद्धको जिल्लाव्यापी अभियान कार्यान्वयनको क्रममा स्विप अप्रसेशनमा खटिएको प्रहरीले टोलीले लागूऔषध नियन्त्रण गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस