२०८१ माघ २, बुधबार
24 खबर अपडेट

नवलपरासीमा शिक्षकको कुटाईबाट ६ वर्षीय बालकको आँखा फुट्यो

२०८१ पौष २७, शनिबार प्रकाशित ( दिन अघि) ७२३ पाठक संख्या

परासी, २७ पुस । शिक्षिकाको पिटाईबाट पश्चिम नवलपरासीमा एक ६ वर्षीय बालकको आँखा फुटेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशालामा कक्षा युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको सोही विद्यालयकी एक शिक्षिकाले पिट्दा आँखा फुटेको हो ।
शिक्षकको पिटाईबाट बालकको आँखामा गम्भीर चोट लागि आँखाको ज्योति नै गुमाउनुपरेपछि पीडित पक्षले न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । आयोगमा दिईएको उजुरी अनुसार घटना गत मंसिर १८ गतेको हो । घटना भएको एक महिना पछि मात्रै पीडितका परिवारले न्यायका लागि बालबालिकाको क्षेत्रमा कार्यरत सिविन नेपाललाई गुहारेपछि घटना बाहिरिएको बताईएको छ ।
घाईते बालकको उपचार तथा क्षतिपूर्तिको विषयमा विद्यालयले चासो नदेखाएपछि प्रहरी, सिविन नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायलाई गुहार्नुपरेको बालकका बुबा नरेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार कक्षामा पढाउने क्रममा लठ्ठीले पिट्दा बालकको देव्रे आँखा फुटेको छ । बालकलाई तत्कालै उपचारका लागि काठमाडौँ लगिएकोमा चिकित्सकले आँखा फुटेको आयोगमा दिईएको उजुरीमा उल्लेख छ। घटनापछि ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएपनि कुनै कारवाही प्रक्रिया अगाडि नबढेको उहाँले गुनासो गर्नुभयो ।

H3

                                                                          पीडित बालकका आमाबुबा
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले उजुरी प्राप्त भए लगत्तै सम्बन्धित निकायमा बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम भईरहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले उक्त घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्धा दर्ता भई आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान कार्य अघि बढिसकेको जानकारी दिनुभयो ।

Hh

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%५%५%

प्रतिक्रिया दिनुहोस