२०८३ भाद्र ९, मंगलबार
24 खबर अपडेट

घुस रकमसहित विद्यालयका लेखापाल र सदस्य पक्राउ

२०८१ पौष २४, बुधबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

परासी,२४ पुस । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।

विद्यालयमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा बुटवलस्थित अख्तियारको टोली खटिएको थियो।

टोलीले आज गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५,००० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा लेखापालको कार्यकक्षबाट पक्राउ गरेको हो।पक्राउपछि अख्तियारले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानीका लागि सेवाग्राहीसँग रकम मागिएको उजुरी अख्तियारसमक्ष परेको थियो। उजुरीका आधारमा टोली परिचालन गर्दै भ्रष्टाचारविरुद्धको कारबाही अघि बढाइएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस