२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

भूपू सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा परासीमा विशेष कार्यक्रम

२०८१ पौष २३, मंगलबार प्रकाशित ( महिना अघि) १७२ पाठक संख्या

परासी, २३ पुस । एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नवलपरासी शाखाले संगठनको ३५ औँ स्थापना दिवस मनाएको छ । संगठनको जिल्ला कमिटीले आज परासीमा एक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै भूपू सैनिक तथा प्रहरीहरुबीच अन्तरक्रिया गरेको हो ।
एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा उपाध्यक्ष भण्डारीले भूपू सुरक्षाकर्मीको हकहित र अधिकारको लडाँई सँगसँगै देश र जनताको न्यायका लागि समेत योगदान गर्न आग्रह गर्नुभयो । उहाँले पार्टी संगठनको विस्तार तथा संगठित गर्न समेत भूपू सुरक्षाकर्मीको महत्वपूर्ण योगदान हुने बताउँदै आफ्नो अनुभवलाई देश,जनता र पार्टीको हितमा समर्पित गर्न जोड दिनुभयो ।
संगठनका अध्यक्ष एवं लुम्बिनी प्रदेश सचिव टेकबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठन ईन्चार्ज हर्कबहादुर पुन,एमाले जिल्ला सचिवलाय सदस्य एवं कार्यालय सचिव रामचन्द्र भण्डारी,संगठनका केन्द्रीय सदस्य कृष्णबहादुर केसी,प्रदेश उपाध्यक्ष मन बहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको संगठनका जिल्ला सचिव पर्शुराम यादवले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस