दुम्किबास, १५ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अखिल नेपाल महिला (अनेम) संघ विनयी त्रिवेणी गाउँपालिका नवलपुरले १८ जना अगुवा महिलालाई सम्मान गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमाले र अखिल नेपाल महिला (अनेम) संघ मार्फत संगठन विस्तार र महिला अधिकारको क्षेत्रमा योगदान पु¥याउने गाउँपालिकाका वडा नं.१ देखि ७ सम्मका महिलालाई सम्मान गरिएको संघका विनयी त्रिवेणी गाउँपालिका इन्चार्ज भगवति बैदवारले जानकारी दिनुभयो ।
सम्मानित हुनेहरुमा मन्धरा पाैडेल, सीता गिरि, कमला तिमिल्सिना, जमुना केसि खड्का, अमृता बि क, मायाश्वरि कुमाल, तारादेवि अर्याल, ज्ञानिसरा बि क, कमला दर्जि, सावित्रा देवकोटा, दुर्गा बैदवार, बालकुमारी गिरि, मनिसरा तरामु, नर्बदा गिरि, पुर्ण कुमारी शाह, तुल्सा राना, उमादेवि सुवेदी र लक्ष्मि सुर्यवंशि रहनुभएको छ । संघको तेस्रो गाउँपालिका सम्मेलनका क्रममा शुक्रबार दुम्किबासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय सदस्य सिता पंगेनी र विशिष्ट अतिथि एमालेका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज तिलक महतले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।