२०८२ फागुन १२, मंगलबार
24 खबर अपडेट

सुस्तामा देउसी भैलो सवार सवारी दुर्घटना हुँदा १० जना घाईते

२०८१ कार्तिक १७, शनिबार प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

मोहन पौडेल
परासी, १७ कात्तिक । पश्चिम नवलपरासीमा देउसी भैलो सवार सवारीसाधन दुर्घटना हुँदा दश जना घाईते भएका छन् । जिल्लाको सुस्ता गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा गुदरियाबाट नर्सहीतर्फ भैलो खेल्न जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडि आज साँझ दुर्घटनामा परेको हो ।
बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा पिकअप अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । पिकअपमा सवार २५ जना मध्ये १० जना घाईते भएको उहाँले बताउनुभयो । दुर्घटनामा घाईते सवै एक गाउँका रहेका छन् ।
डिएसपी बोहराका अनुसार दुर्घटनामा परी पिकअपमा सवार सुस्ता–२ गुदरियाका १६ वर्षीया सुष्टि मुखिया,१९ वर्षीया मञ्जु महत्तो,२१ वर्षीया रेखा महत्तो,२१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया,१६ वर्षीया वर्षा मुखिया,१८ वर्षीया कविता मुखिया,१५ वर्षीया तीलकुमारी मुखिया,२३ वर्षीय विवेक चौधरी र १३ वर्षीय ईशान्त मुखिया घाईते भएका छन् । घाईते सवैको सहिद स्मृत्ति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ। गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस