२०८१ मंसिर ९, आईतबार
24 खबर अपडेट

जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवलको १२ औँ साधारणसभा तथा छैठौँ अधिवेशन, उद्यम प्रवद्र्धनमा जोड

२०८१ आश्विन ८, मंगलबार प्रकाशित ( महिना अघि) २०७ पाठक संख्या

मोहन पौडेल
परासी, ८ असोज । पश्चिम नवलपरासीको सुनवल–३ कीर्तिपुरस्थित जनउदय सामुदायिक वन उपभोक्ता समूहको १२ औँ वार्षिक साधारणसभा एवं छैठौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेको प्रमुख आतिथ्यमा भएको उक्त सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति, नीति कार्यक्रम तथा आर्थिक प्रतिवेदनहरु पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै उपमेयर दुवेले मानिस लगायत पृथ्वीका हरेक प्राणीका लागि वनको महत्व अतुलनीय रहेको बताउँदै वनको संरक्षणमा जोड दिनुभयो । उहाँले वन विकास र संरक्षण गरि वनको माध्यमबाट आयआर्जनमा जोडिनुपर्नेमा समेत जोड दिनुभयो । उपमेयर दुवले वन कस्तो बनाउने भन्ने जिम्मेवारी उपभोक्ताकै भएको बताउँदै जनउदय सामुदायिक वनले गरेको वन संरक्षण, सामाजिक उत्तरदायित्व, पर्यटन विकास लगायतका गतिविधि प्रंशसनीय रहेको उल्लेख गर्नुभयो ।
वन समूहका अध्यक्ष थापाले सरकारले लागू गरेको ऐन कानून अनुसार वन सम्बद्र्धन प्रणालीमा आधारित रहेर वन व्यवस्थापन, संरक्षण र विकासको कार्य अघि बढिरहेको जानकारी दिनुभयो । वन सम्बन्धि सरकारबाट भईरहेका पटकपटकका फेरबदलसहितको नीति निर्देशन र कर्मचारीको अभाव देखाई हुने ढिलासुस्ती लगायतका कारण वन समितिले वार्षिक तर्जुमा गरिएका योजना कार्यान्वयनमा समस्या आउनुका साथै काठदाउरा विक्री वितरण गर्न नपाउँदा आर्थिक अभाव भई लक्ष्य अनुसारको प्रगति हासिल गर्न कठिनाई भईरहेको बताउनुभयो ।
पर्यटकीय दृष्टिकोणले समेत सम्भावना बोकेको यस जनउदय सामुदायिक वनलाई व्इवस्थित गरि पर्यटन विकासमा जनसहभागिता बढाई आयआर्जनसँग जोड्दै लैजाने गरि उपभोक्ता समितिले काम गरिरहेको बताउँदै अध्यक्ष थापाले वन मार्फत गरिबी न्यूनीकरण र वनजन्य उद्यमलाई प्रवद्र्धन गर्दै जाने उल्लेख गर्नुभयो ।
सभामा अध्यक्ष थापाले वार्षिक नीति तथा कार्यक्रम, सचिव माया पुनले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमला थापाले आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट,लेखा समिति संयोजक विकास काफ्लेले लेखा सुपरीवेक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । समितिको नयाँ नेतृत्व चयनका लागि केही दिनमा निर्वाचन कार्यक्रम सम्पन्न हुने बताईएको छ ।
साधारणसभा उद्घाटन समारोहमा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख जीवन पंगेनी,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य द्धय कमल परियार र टिचन गुरुङ, सव डिभिजन वन कार्यालय सुनवलका प्रमुख मरिच लामा, सुनवल ३ का वडा अध्यक्ष पविन गुरुङ, सुनवल ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाई, सामुदायिक वन उपभोक्ता महासंघ सुनवल नगर अध्यक्ष कर्ण बहादुर सेन,बद्रीमान श्रेष्ठ, लक्ष्मी गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Jan2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस