२०८३ अषाढ २५, बिहिबार
24 खबर अपडेट

परासीमा सञ्चालित आँखा शिविरबाट ७३ प्रहरी कर्मचारी लाभान्वित

२०८१ श्रावण ११, शुक्रबार प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

परासी,११ साउन । पश्चिम नवलपरासीमा आयोजित आँखा शिविरबाट ७३ जना प्रहरी कर्मचारी लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय परासीले डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको थियो ।
प्रहरी कर्मचारीलाई उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तरगत सञ्चालित शिविरमा जिल्ला प्रहरी कार्यालय र जिल्लाका अन्य विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा कार्यरत ७३ जना प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । शिविरमा आँखा अस्पतालकी नेत्र प्राविधिक राधिका यादव नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको थियो ।
घामपानी लगायत प्रतिकूल परिस्थितिमा समेत नागरिकको सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजित उक्त शिविरबाट आँखा सम्बन्धि समस्याको पहिचान भई समयमै उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस