२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

लागूऔषध कारोबारको आरोपमा दोस्रो पटक पक्राउ परे रामग्रामका पाठक

२०८१ श्रावण ९, बुधबार प्रकाशित ( महिना अघि) १०५८ पाठक संख्या

मोहन पौडेल
परासी, ९ साउन । पश्चिम नवलपरासी प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको रामग्राम नगरपालिका वडा नं.९ स्थित मधवलिया बस्ने ३० वर्षीय आजाद पाठकलाई लागूऔषध विक्री वितरण गरेको आरोपमा उनकै घरबाट पक्राउ गरेको हो ।
पाठकले आफ्नै घरमा ठूलो परिमाणमा लुकाई छिपाई लागूऔषध विक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले निजको घर खानतलासी गर्दा लागूऔषध फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार बुर्फिनोर्फिन ७२ एम्पुल,फेनरागन ७८ एम्पुल,डाईजोपाम ७७ एम्पुल,ओनरेक्स १०० एमएलको ६ बोत्तल,नाईट्रोभेट १०५ ट्याब्लेट,पोरेक्स्को स्पास ५१० क्याप्सुल,एसपिएम पोटेक्स ७५ क्याप्सुल प्रतिबन्धित लागूऔषध फेला परेको हो ।
पक्राउ परेको पाठक विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा नवलपरासी जिल्ला अदालतमा मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । पाठक यसअघि पनि लागूऔषध मुद्धामै जेल सजाय भोगि छुटेका व्यक्ती रहेको डिएसपी बोहराले जानकारी दिनुभयो । २०७६ पुस २६ गते लागूऔषध कसूर सम्बन्धि मुद्धामा पक्राउ परेका पाठक जिल्ला अदालतको फैसला बमोजिम तीन वर्ष जेल सजाय भोगि २०७९ पुस २६ गते रिहा भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%३%१%२%

प्रतिक्रिया दिनुहोस