२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले मनाए परासीमा पहिलो पटक गौरवयात्रा

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित ( महिना अघि) १६८ पाठक संख्या

परासी, ३० जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज पहिलोपटक गौरवयात्रा गरिएको छ । निल हिरा समाजको आयोजनामा निकालिएको गौरवयात्राले परासी बजारका विभिन्न भाग परिक्रममा गरि बुद्धचोकमा विशेष कार्यक्रम गरिएको थियो ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको संस्था निल हिरा समाजले जिल्लामा पहिलो पटक गौरवयात्राको आयोजना गरेको थियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले जुन महिनालाई विश्वभर नै गौरव महिनाको रुपमा मनाउँदै आएको सशक्तीकरण नेपालकी अध्यक्ष अस्मिता रानाले बताउनुभयो ।
यो महिनालाई आफूहरुले विशेष गर्वका साथ मनाउने गरिएको उहाँले बताउनुभयो ।
सशक्तीकरणको कार्यालय परासीबाट निकालिएको गौरवयात्रा लोकतान्त्रिक चोक, बुद्धचोक,पोखरापाली हुँदै पुनः बुद्धचोकमा पुगि विशेष कार्यक्रममा परिणत भएको थियो । बुद्धचोकमा आयोजित कार्यक्रममा उक्त समुदायका कलाकारहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय फरक तर पृथक भने नभएको सशक्तीकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामाले बताउनुभयो। यो समुदायका व्यक्तिहरुलाई समाजले अझै पनि फरक दृष्टिकोणले हेर्ने गरेको बताउँदै उहाँले लैंगिक तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्नुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस